कोरोनाको उपचारमा अत्यावश्यक सामग्री खरीदबारे बिहीबार अख्तियारले अनुसान्धान थालेको छ । खरिद प्रक्रियामा अनियमितता भएको भन्दै बिरोध भएपछि सरकारले बुधबार खरिद प्रक्रिया रद्द गरेको थियो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठलाई अख्तियार कार्यालयमा बोलाएर सोधपुछ गरिएको छ । आयोगले स्वास्थ सेवा विभाग, त्यस अन्तर्गतको व्यवस्थापन महाशाखा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सामग्री खरीदसम्बन्धी कागजातसमेत नियन्त्रणमा लिइएको छ ।
सरकारले कोरोना भाइरसको उपचारका लागि ओम्नी समूहसँग अत्यावश्यक सामग्री खरीद सम्झौता गरेको थियो। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति अध्यक्ष ईश्वर पोखरेलविरुद्ध पनि आयोगमा उजुरी परेको छ।अधिवक्ता दिनेश त्रिपाठीले उजुरी दिएका हुन्।




