नेपालमा पाँचौ कोरोना संक्रमित फेला परेकी छिन्। बेल्जियमबाट आएकी बागलुङकी २२ वर्षकी युवतीमा संक्रमण पाइएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले यसको पुष्टि गरे । शुक्रबार धनगढीमा पनि एक जना संक्रमित फेला परेका थिए।
नेपालमा फेला परेका पाँच संक्रमितमध्ये १ उपचारपछि निको भइसकेका छन्। बागलुङकी ती युवतीको धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।
नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिए पनि उनी आफ्नै घरमा रहेको बताइएको छ । कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।






