कोरोनाबाट अमेरिकामा नेपालीको मृत्यु

अमेरिकामा बस्ने १ नेपालीको नोभल कोरोना भाइरसका कारण मृत्यु भएको छ। संक्रमण भएर केही दिनअघि मात्रै अस्पताल भर्ना भएका रमेश सम्वाहाङ्फेकोको मंगलबार निधन भएको हो ।

रमेशकी भतिजी अमृता लिम्बुले काकाको मृत्यु भएको जनाएकी छिन् । उनको पुख्र्यौलीघर पाँचथरको रानीगाउँ हो ।

अमेरिकाको न्युयोर्क बस्ने उनीका श्रीमती र २ छोरा पनि अमेरिकामै छन् ।