प्रचण्डलाई थप्पड हान्ने बाग्लुङका कुँवर फेरि पक्राउ

सात वर्षअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हानेका पदम कुँवर पक्राउ परेका छन्।

उनलाई शनिबार साँझ संसद् भवनको गेटबाट पक्राउ गरिएको बानेश्वर वृत्तका प्रमुख डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।

शनिबार साँझ जबर्जस्ती संसद भवन जान खोजेपछि पक्राउ गरिएको रेग्मीले बताए । त्यसक्रममा कुँवरले प्रहरीसँग झगडा गरेका थिए।

पक्राउ परेका कुँवरलाई बानेश्वर वृत्तमा राखिएको छ। यसअघि १ मंसिर २०६९ मा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका वेला उनले प्रचण्डलाई थप्पड हानेका थिए ।