प्रधानमन्त्री ओली आज डिस्चार्ज हुदैं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार साँझ डिस्चार्ज गरिने भएको छ ।

मिर्गौला प्रत्यारोपणको १० दिनपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेकोले डिस्चाज गर्न लागिएको शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेम कृष्ण खड्गाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री अ‍ोलीको अघिल्लो बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो ।