कोरोना रोक्न प्रत्येक स्थानीय तह र वडामा समन्वय समिति

सरकारले नोवल कोरोना भाइरस संक्रमण रोक्न सबै स्थानीय तहमा र ती तहमा वडामा समेत समन्य समिति गठन गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तह र वडास्तरमा समन्वय समिति गठन गर्ने जनाएको हो । यो निर्णय अनुसारको व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइसकेको छ।

वडास्तरमा वडा अध्यक्ष वा निजले तोकेको जनप्रतिनिधि संयोजक रहने ६ सदस्यीय समिति बन्नेछ । स्थानीय तहमा सम्बन्धित स्थानीय तहको प्रमुखको संयोजकत्वमा समिति गठन हुनेछ।