भारतले मार्च १३ बाट लागु हुने गरी विदेशबाट भारत आउन सबैलाई प्रतिबन्ध लगाएको छ । युरोप र अमेरिकामा तीव्र गतिमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्व महामारी घोषणा गरेको छ । भारतले अहिलेसम्म विश्वकै कठोर कदम चाल्दा नेपाल भने संकटको चूपचाप प्रतीक्षा गरिरहेको छ ।
कोरोनाभाइरस प्रकोपले महामारी रुप लिएपछि भारतले उक्त कठोर कदम उठाएको हो । भारतको यात्रा प्रतिबन्ध कोरोनाभाइरसको प्रसार रोक्न कुनै देशले लागु गरेको सबैभन्दा कठोर ‘यात्रा प्रतिबन्ध’ हो ।
अन्य देशले विदेशीहरुको प्रवेशमाथि मात्र रोक लगाइरहेको समयमा भारतले विदेशबाट भारत आउन खोज्ने आफ्नै नागरिकलाई पनि प्रवेश नदिने घोषणा गरेको छ ।
बुधबार शिर्ष मन्त्रीहरुको एक समूहको वैठकपछि उक्त ‘यात्रा निर्देशिका’ जारी गरिएको थियो । यात्रा निर्देशिका अनुसार, भारत सरकारले अब मार्च १३ को दिउसो १२ बजेपछि भारतका लागि हिडिसेका विदेशीलाई समेत प्रवेश दिने छैन । भारतीय नागरिकताधारीलाई पनि लागु हुने भए पनि कुटनीतिक नियोगमा काम गर्ने कर्मचारीलाई भने यसमा छुट गरिएको छ ।
भारतले आफ्ना नागरिकलाई युरोप र अमेरिकाको भ्रमण नगर्न निर्देशन दिएको छ । यो प्रतिबन्ध अप्रिल १५ सम्म लागु हुनेछ ।




