कालापानीबाट भारतीय सेना हटाउन संकल्प प्रस्ताव पेश गर्दै खगराज

कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश हुने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा नेकपा सांसद खगराज अधिकारीले यो प्रस्ताव पेश गर्दै छिन् ।

प्रस्तावको समर्थक नेकपाकै सांसद रामकुमारी झाँक्री छिन् । पूर्वमन्त्रीसमेत रहेका अधिकारीले चार महिनाअघि नै यो संकल्प प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।