पूर्वसञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाको मनोहराफाँटस्थित निवासमा भएको घटनामा संलग्नलाई कानूनी कारबाही गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारसमक्ष माग गरेको छ ।
नेकपा अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै घरमा बम विस्फोट गराउने समूहलाई आतंककारिको संज्ञा समेत दिएका छन्।
‘हाम्रा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमरेड गोकुलप्रसाद दबास्कोटाको भक्तपुरस्थित निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्याएको छ । म पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु,’ नेकपा अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बुधबार बिहान बाँस्कोटाको घरमा बम विस्फोटको जिम्मा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिइसकेको छ।






