मुख्यमन्त्री महामूर्ख बन्दै

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यसपटक महामूर्ख बन्ने भएका छन्।

मिथिला नाट्कला परिषदले प्रत्येक वर्ष एक विशिष्ट व्यक्तित्वलाई दिने महामूर्खको पदवी यस पटक मुख्यमन्त्री राउतलाई दिन लागिएको हो । मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधाममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलन गर्दै आएको छ।

सोमबार दिउँसो जानकी मन्दिर प्रांगणमा सुरु हुन लागेको महामूर्ख सम्मेलनमा हास्य–व्यंग्य नाटक, गीतसंगीत, कविता, जोगिरा लगायत प्रस्तुत गरिने छ ।