नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवा द्वन्द्वकालका सहिद परिवारका सदस्य रहेको पुष्टि भएको छ ।
गत आइतबार एक सभामा सम्बोधन गरिरहेका प्रचण्डलाई तिरुवाले जुत्ता प्रहार गरेका थिए। जुम्लाका तिरुवालाई पक्राउ गरी अनुसन्धान गर्न महानगरीय अपराध महाशाखाका प्रमुख तथा एसएसपी सहकुल थापाको नेतृत्वमा तीन सदस्यीय छानविन टोली गठन भएको थियो।
सो समितिले आफ्नो अनुसन्धान प्रतिवेदनमा उनी विप्लवका कार्यकर्ता नभइ उनका बुवा माओवादी द्वन्द्वकालमा मारिएको हुँदा उनी सहिद परिवारकै सदस्य रहेको ठहर गरेको हो ।
शहिद परिवारको योगदानका बावजुद पनि उनीहरुलाई उचित सम्मान नगरेकोले आवेगमा आएर ती युवाले जुत्ता प्रहार गरेको छानविन टोलीले निश्कर्ष निकालेको छ ।
सो घट्नालगत्तै नेकपा जुम्लाले विज्ञप्ति प्रकाशित गरी रतनका बुबा जनयुद्धमा सहिद नभएको र उनि विप्लव पार्टीको कार्यकर्ता रहेको दाबी गरेका थियो।






