प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

मिर्गौला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ ।

प्रधानमन्त्रीले तरल चीजहरु खान थालेको र उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको ओलीको सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ओलीको अर्को मिर्गौला प्रत्यारोपण गरिएको थियो ।