नेपाल सरकारका भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल सम्भावित विमान दुर्घट्नाबाट बचेकी छन् ।
उनी बिहीबार बिहान पोखरा आउँदै थिइन् । मन्त्री अर्याल सवार यति एअरलाईन्सको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं विमानस्थलमै फर्काएर आकस्मिक अवतरण गरिएको छ ।
बिहीबार बिहान ८ः५० बजे काठमाडौंबाट पोखराका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं विमानस्थलमै आपतकालिन अवतरण गरिएको हो ।
विमान उडेको १० मिनेटमै काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको विमानस्थल स्रोतले जनाएको छ ।
विमानमा सवार मन्त्री अर्यालसहित सबै सकुशल रहेको एअरलाईन्सले जनाएको छ । मन्त्री अर्याल पुनः अर्को विमानमा पोखरा आउने तयारीमा रहेको बताइएको छ ।






