लेखनाथ मालपोतका नायवसुब्बा सुवेदी तीन हजार घुससहित रंगेहात पक्राउ

‘लोभले लाभ, लाभले अलाप र विलाप’ भन्ने उखान टुक्का हामीले सुन्दै आएका हौं ।

यही उखान टुक्कासंग मेल खानेगरी पोखरा लेखनाथस्थित मालपोत कार्यालयका एक नायव सुब्बा पक्राउ परेका छन् । नायब सुब्बा दिपक सुवेदी ३ हजार रुपैयाँ घुस लिंदै गर्दा रंगेहात पक्राउ परेका हुन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरास्थित कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अख्तियार कार्यलयका अनुसार सुवेदीले सेवाग्राहीको नाममा दर्ता रहेको जग्गा रोक्का गर्ने कार्य सहजिकरण गरिदिने नाममा उक्त रकम लिएका थिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय पोखराले जनाएको छ । ई अनुसन्धान भइरहेको छ ।