प्रधानमन्त्री ओलीको शल्यक्रिया सुरु

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको शल्यक्रिया शुरु भएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.ड.प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीलाई शल्यक्रियाका लागि १० बजे नै अपरेशन थिएटरमा लगिएको जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो। यसअघि उनको १२ वर्षपहिले भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।