प्रचण्डलाई जुत्ता हानिएको घटनाको छानबिन गर्ने समिति गठन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरेर आइतबार राष्ट्रियसभा गृहमा भएको जुत्ता प्रहारको घटना छानबिनका लागि एक प्रहरी वरिष्ठ अधिकृत (एसएसपी)नेतृत्वमा समिति गठन भएको छ ।

उपत्यकामा हुने विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने जिम्मेवारी पाएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिम्सिना सदस्य छन् ।
समितिले सो घटनाको छानबिन सकेर तीन दिनभित्र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा प्रतिवेदन बुझाउने जनाइएको छ ।

आइतबार पुष्पकमल दाहाल प्रचण्डलाई ताकेर जुत्ता प्रहार गर्ने युवालाई अभद्र व्यवहारमा म्याद थप गर्ने तयारी भएको प्रहरीले बताएको छ ।