दोस्रोपल्ट मृगौलाको शल्यक्रियाका लागि अस्पताल भर्ना हुँदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफल शल्यक्रियाको शुभकामना दिएका छन् ।
मोदीले सोमबार एक ट्वीट गर्दै नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । उनले लेखेका छन्, ‘मेरा प्रिय साथी केपी शर्मा ओलीजी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
मोदीले नेपाल–भारतबीचचको सम्बन्धलाई थप उचाइमा पुर्याउन ओलीको योगदानको प्रतीक्षामा आफू रहेको पनि मोदीले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलामा समस्या आएपछि बुधबार पुनः दोस्रोपल्ट प्रत्यारोपण गरिंदैछ ।






