प्रधानमन्त्रीलाई नातिनीले मृगौला दिने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नातिनीले मृर्गौला दिने भएकी छिन् ।नातिनीसँग म्याच भएपछि नातिनी मृर्गौला दिन तयार भएकी हुन् ।

नजिकका आफन्ततर्फकी नातिनीको मृर्गौला म्याच भएको र उनको नाम भने गोप्य राखिएको छ । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो ।

यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अञ्जना घिमिरेसँग म्याच भएको थियो । ओलीको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि दिल्लीमा भएको थियो ।

दोस्रो प्रत्यारोपण भने देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले राखेका हुन् ।उनको मिर्गौला प्रत्यारोपण बुधबार त्रिवि शिक्षण अस्पताल महारागन्जमा हुने भएको छ।