प्रधानमन्त्रीको ओलीको मृर्गौला प्रत्यारोपण बुधबार गरिने

लामो समयदेखि मिर्गौलाको डायलासिस गराउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतको नयाँदिल्लीमा प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छोडेपछि ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।