झुठा आरोप लगाएको भन्दै बाँस्कोटाद्धारा मुद्धा दायर

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै अदालतमा मुद्दा हालेका छन्।

शुक्रबार उनले कमिसनमा मोलमोलाइ गरेको अडिओमा बोल्ने विजयप्रकाश मिश्र विरुद्ध मुद्धा दायर गरेका हुन् ।

उनले ट्वीटरमार्फत आफु विरूद्ध लगाइएको झुठा लान्छना र गालिबेइज्ज्तीको विरूद्धमा आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी गराएका छन् ।

कमिसनको डिल गरेको अडियो बाहिरिएपछि बाँस्कोटाले यहि फागुन ८ गते पदबाट राजीनामा दिएका थिए ।