देश छाड्ने कुरा कल्पना बाहिरको विषय हो: सुजाता कोइराला

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले नेपाल छाड्न लागेको समाचार बाहिरीएपछि कोइरालाले मातृभूमि छाड्ने कल्पना पनि नगरेको बताएकी छन् ।

देशले दिएको प्रतिष्ठा र इज्जतको गुन तिर्न बाँकी नै रहेका अवस्थामा आफूले नेपाल छाड्ने कुरा हुनै नसक्ने बताइन् ।

सुजाता बेलायत बसोबासका लागि जाने समाचार सञ्चार माध्यमहरूमा आइरहेको उल्लेख गर्दै ‘आफूमाथि अनेकौं प्रहार हुँदा समेत देश नछाडेकोले अहिले मुलुक छाड्ने हल्ला चलाइनु वेकार रहेको बताएकी हुन् ।

‘मैले देश छाड्ने कुरा कल्पना बाहिरको विषय हो । मेरा लागि सबैभन्दा प्रिय यो देश हो अनि म कसरी छाड्न सक्छु ? मर्नु परे पनि नेपालमै मरौंला ।’ सुजाताले भनिन्।