त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘पर्यटन परी’ नामका दुईवटा रोबोट भित्रिएका छन् ।
स्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार एक कार्यक्रमबीच रोबोट सेवाको उद्घाटन गरेका हुन्। पर्यटन परी नाम दिइएको दुईवटा रोबोटहरुले विमानस्थलमा यात्रुलाई अभिवादन गर्ने काम गर्नेछन् ।
रोबोटहरुले अंग्रेजी र चिनियाँ भाषामा संवाद गर्ने र पर्यटकहरुलाई नेपालका पर्यटन गन्तव्य भिषा प्रक्रिया लगायतका विषयमा जानकारी गराउने छन् । मन्त्री भट्टराईले विमानस्थलको कामलाई अझै सहज बनाउन रोबोटबाट काम सुरु गरेको जानकारी दिए ।
रोबोट सेवाको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधि मैत्री र आधुनिक बन्दै गएको बताए। उनले यात्रुहरुलाई विमानस्थालको भिन्दै पहिचान दिने र नेपाल पनि प्रविधिमा फड्को मार्दैछ भन्ने सन्देश दिने उनले बताएका छन् ।






