प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ ।
बिहीबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सञ्चारमन्त्री बाँस्कोटाले बार्गेनिक गरेको अडियो नै प्रमाणित भएकाले बर्खास्त गर्न माग गरेका हुन ।
सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो बाहिरीएपछि मन्त्री बास्कोताको आलोचना भईरहेको छ । विहीबार सार्वजनिक भएको अडियो र त्यसमा प्रयुक्त अश्लिल संवादले मन्त्री बास्कोटामाथि गम्भीर प्रश्न उठाएको छ ।







