वाइडबडीले चीनबाट नेपाली विद्यार्थी उद्धार गर्ने

चीनको वुहानमा रहेका नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज जाने भएको छ ।

झन्डै १ सय ८० को हाराहारीमा रहेका नेपाली लिन फागुन ३ गते नेपाल एयर लाइन्सको वाइडबडी एयरबस ३३०० विमान चीन जाने भएको हो ।

कोरोना भाइरसको ‘इपी सेन्टर’ चीनको वुहानमा अधिकांश अध्ययनका लागि गएका करिब १८० विद्यार्थीहरुले बाहिर निस्किन सक्ने अवस्था नभएको र कोठामा पानीको समेत अभाव भएकाले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।

उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानवअधिकार आयोगलगायतको ध्यानाकर्षण समेत गराएका थिए ।