गाउँपालिकाको एम्बुलेन्सबाट चित्तल बरामद

बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्समा मृत चितल फेला परेपछि प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ ।

डिलाशैनीबाट बिरामी बोकेर कञ्चनपुर पुगेर फर्कदै गरेको डिलाशैनी गाउँपालिकको सुदूरपश्चिम प्रदेश ०१ ००१ झ ३४६ नम्बर एम्बुलेन्सलाई मंगलबार दिउँसो चेक गर्दा चित्तल भेटिएको इलाका प्रहरी चौकी गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिं साउदले बताए ।

प्रहरीले चित्तल,एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान शरु गरेको प्रहरी निरीक्षक साउदले बताएका छन् ।