पोखरामा मेघगर्जन र हावाहुरीसहित वर्षा, साँझ ५ बजे नै अन्धकार (भिडियोसहित)

पोखराको मौषम निकै डरलाग्दो भएको छ । मेघ गर्जनसहित पानी परेको छ । विजुली चम्किएको छ । साँझ ५ बजे नै अन्धकार भएको छ ।

भारी वर्षाको संकेत गरेको छ । मौषम विभागले मुलुकका विभिन्न भुभागमा ३ दिन पानी पर्ने बताएको छ ।

पोखरामा आज बिहान पनि पानी परेको थियो । दिउँसो हेमजा लगायतका स्थानमा पानी परेको थियो ।

साँझ ५ बजे पोखराका अधिकांश स्थानमा हावाहुरीसहित पानी परिरहेको छ । योसम्मकी साँझ ५ बजे नै सवारी साधनले हेडलाइट बालेर हिंड्नुपर्ने अवस्था छ । मौषम निकै चिसो भएको छ।

भिडियो हेर्नुहोस्

पोखराको मौषमको ताजा तस्वीरहरू