प्रतिपक्षी दल कांग्रेसको अवरोधले प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ।
शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक आधा घण्टाको लागि स्थगित भएको थियो। आधा घण्टापछि बस्ने भनिएको बैठक विशेष कारण बस्न नसकेको भनी सूचना टाँसेर आइतबारसम्मको लागि स्थगित भएको हो।
कांग्रेसले बिहीबारदेखि नै आफ्ना संसदीय दलको उपनेता विजय गच्छदारमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हाँस्यास्पद आरोपपत्र दायर गरेको भन्दै संसद अवरूद्ध गर्दै आएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको भन्दै विजयकुमार गच्छदारसहित १ सय ७५ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।







