सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

आइतबार सभामुखमा  निर्विरोध निर्वाचित भएका सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक आयोगका प्रमुखहरु, मन्त्रीहरुलगायत सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो।