सापकोटाविरुद्धको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ। सापकोटाविरुद्धको मुद्दाको पेसी न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा तोकिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतासमेत रहेका सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको रिट निवेदनमा संविधान एवं कानुनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गरेका थिए।

प्रतिनिधिसभा बैठकले सापकोटालाई हिजै सभामुख निर्वाचित गरिसकेको छ। आज केहीबेरमा उनले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् ।