माघ १२ गते २०७६

ताजा समाचार

माघ १२ गते २०७६

धरौटीमा छुटे सांसद राजीव

कास्की फुटवल संघका अध्यक्ष मीलन गुरुङमा माथि अभद्र व्यवहार आरोपमा पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीवन गुरुङ आइतबार रिहा भएका छन् ।

दीपक मनाङे नामले भनिने राजीवलाई आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीले ६ हजार धरौटीमा छाडेको हो । संघका अध्यक्ष मिलनले बुधवार मनाङेविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले मनाङेलाई बिहीबार पक्राउ गरेको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ६ हजार धरौटी मागेपछि नगदै बुझाएर रिहा भएका हुन् । उनले एन्फाको भष्ट्रचार खुल्दै गएको बताए । उनले भने, ‘लडाई अब सुरु भएको छ ।’ दिन प्रतिदिन मीलनका थप भष्ट्रचार बाहिर आउने उनले जनाए ।