सभामुख चयन प्रक्रिया सुरू

प्रतिनिधिसभाको रिक्त सभामुखका लागि निर्वाचन सुरु भएको छ ।

सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोगमा तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिएदेखि रिक्त पदका लागि नेकपाका नेता तथा सांसद अग्निप्रसाद सापकोटाले मात्र उम्मेदवारी दिएका छन् ।

सभामुखका लागि आइतबारको दिउँसो ३ बजे बसेको संसद बैठकमा सभामुख निर्वाचन प्रक्रिया सुरु भएको हो ।