सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमा न्यायाधीश हरि फुँयालले हेर्न नमिल्ने भएको छ ।
फुँयालले सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चको न्यायाधीश नियुक्त हुनु अघि नै कानुन व्यवसायीका रूपमा बहस गरेका उनले हेर्न नमिल्ने भएको हो ।
फुँयालले मुद्दा हेर्न नमिल्ने भएपछि यसको सुनुवाई मिति समेत सरेको छ।
सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटमा रिटमा काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेकाले सापकोटालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन आदेश दिन माग गरिएको छ।
उता, सभामुखमा सापकोटा आजै निर्वाचित हुनेछन् ।






