गाउँपालिका अध्यक्ष घुस लिँदालिँदै पक्राउ

जाजरकोटका १ गाउँपालिकाका अध्यक्ष ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीलाई ८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतले पक्राउ गरेको हो।

प्रदेश विकास परिषद्को बैठक भाग लिन सुर्खेत आएका बेला अध्यक्ष केसीलाई उपभोक्ता समितिबाट ८ लाख रुपैयाँ घुस लिँदालिँदै नियन्त्रणमा लिइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले केसीलाई उक्त घुससहित नियन्त्रणमा लिएको पुष्टि गरे।