राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्।
द्वन्द्वकालीन मुद्दामा मुछिएका अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाएपछि त्यसप्रति आपत्ति जनाउँदै शुक्रबार एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएका हुन् ।
मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेल ९ चैत २०७४ मा राष्ट्रपतिका राजनीतिक सल्लाहाकार नियुक्त भएका थिए।







