मनाङेको झापड खाएका मिलन गुरूङ पनि पक्राउ

सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पोखराको गैह्रापाटनबाट पक्राउ गरिएको हो ।

उनी ओम गौरा होस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा पक्राउ परेका हुन् । मिलनविरुद्ध पोखरा क्रियटिभ अवार्ड हाउसले पनि ठाडो उजुरी दिएको थियो ।

एन्फा कास्कीका अध्यक्ष रहेका गुरूङलाई सांसद मनाङेले मंगलबार झापड हानेका थिए।

यता, मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।