सभामुखमा निर्विरोध उममेदवार दिएका नेकपा नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ ।
सभामुखमा एकल उम्मेदवारी परेकाले १२ गते औपचारिकरुपमा सभामुख घोषणा हुनु अगाडीनै शुक्रबार अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध रिट दायर गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले सापकोटालाई सभामुखको उममेदवार बनाउने निर्णय गरेलगत्तै उनीलगायतका केही द्वन्द्वकालीन मुद्दाको एकपक्षीय वकालत गर्नेहरुले विरोध गरेका थिए ।
त्रिपाठीले सर्वोच्चमा शुक्रबार रिट दायर गर्दै सापकोटालाई पक्राउ गरेर अनुसन्धान थाल्न माग गरेका छन् । काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा सत्तारुढ नेकपाले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।






