पार्टी निर्णयविपरीत राष्ट्रियसभामा मतदान

राष्ट्रियसभाको ४ सदस्यका लागि प्रदेश २ मा भइरहेको चुनावमा २ जनाले पार्टीको निर्णयविपरीत मतदान गरेका छन्। पर्साको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायणप्रसाद रौनियार र कालिकामाई गाउँपालिकाका प्रमुख नथुनीप्रसाद पार्टीको निर्णय अवज्ञा गरेक हु्न । दुवै नेपाली जनता दलबाट निर्वाचित हुन् ।

पार्टीका राष्ट्रिय अध्यक्ष हरिचरण शाहले राष्ट्रियसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरी मतदान नगर्न पत्राचार गरेका थिए। दीपनारायण र नथुनीलाई केन्द्रीय अध्यक्ष शाह रोक्ने प्रयास गरे पनि उनीहरुले मतदान गरे ।

केन्द्रिय अध्यक्ष शाहले पार्टीको निर्णय नमानेकाले उनीहरुलाई पार्टीबाट र जनप्रतिनिधिबाट निष्कासन गर्ने चेतावनी दिएका छन् ।