सांसद मनाङ्गेलाई पक्राउ गर्न आदेश

प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मंगलबार मनाङेले पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि झापड हानेपछि गरेपछि उनीविरुद्ध उजुरी दर्ता भएको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार मनाङेविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिएका छन् ।