आइचर पल्टिँदा ७ जनाको मृत्यु

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ४ स्थित ढोलामण्डली मन्दिरमा पूजा गरेर भोज खाई फर्किदै गरेका गाउँलेहरू चढेको आईचर ट्रक दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।

मंगलबार मन्दिरबाट पूजापाठ सकेर भोज खाई फर्किदै गरेका नीलकण्ठ नगरपालिका वडा नं. २ भुलभुलेका स्थानीय चढेको ग१ख ८०१२ नम्बरको आइचर ट्रक मंगलबार दिउँसो ४ वजे तिर सडकमै पल्टिंदाँ ४ जनाको घटनास्थलमा र ३ जनाको धादिङ अस्पतालमा उपचारकाक्रममा मृत्यृ भएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङन्यून डटकमका अनुसार ज्वालामुखी गाउँपालिका ४ मा रहेको मन्दिरबाट धादिङबेसी फर्किदै गरेको आईचर ट्रक निलकण्ठ नगरपालिका ९ मैदीभञ्ज्याङमा अनियन्त्रित भई सडकमै पल्टिएको हो ।

ट्रकमा ४० जना भन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ । दर्जनौ यात्रुसँगै चालक गम्भीर घाइते छन् । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले एक विज्ञप्ति प्रकाशित गर्दै अकल्पनीय दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।