माघ ७ गते २०७६

ताजा समाचार

माघ ७ गते २०७६

एन्फा अध्यक्षमाथि सांसद मनांगेद्वारा कुटपिट

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मीलन गुरुङलाई गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनांगे)ले कुटेका छन् ।

मंगलबार भएको गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप २०७६ को उद्घाटन समारोहमा मनांगेले मीलनमाथि हातपात गरेका हुन् । पहिला धकेलेका मनांगेले त्यसपछि मीलनको खुट्टमा प्रहार गरेका थिए । त्यसपछि मनांगेले गालामा झापडसमेत हाने

एन्फा अध्यक्ष मीलनले मनाङबाट आएको टिमको व्यवस्थापन नगरेको भन्दै मनांगेले दुव्र्यवहार गरेको बताए । उनले भने, ‘हामीले खेल हुनुभन्दा अघिल्लो दिनबाट टिमलाई व्यवस्थापन गर्ने हो । राजा, महाराजा जस्तो थर्काएर ४, ५ दिन अघिबाटै किन व्यवस्थापन नगरेको भनेर दुव्र्यवहार गरे ।’
मनांगेले पनि मीलनलाई कुटेको स्वीकारेका छन् । उनले भने, ‘मैले धकेलेको होइन, झापड हानेको हो ।’

मनाङको टिम लाहाचोकमा हुने माछापुच्छे«े त्रिशक्ति युनाइटेड कप खेल्न कास्की आएको थियो । ४, ५ दिन अघिबाटै मनाङको टिमको खर्च व्यवस्थापन नगरेको भन्दै मनांगेले मीलनलाई हातपात गरेका हुन् ।