माघ ७ गते २०७६

ताजा समाचार

माघ ७ गते २०७६

दामन घटना अपडेट: मृत्यु भएका ८ भारतीय पर्यटकको सनाखत

मकवानपुरको थाहा नगरपालिका–४ दामनस्थित पानोर रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ ।

भारतको केरलाबाट नेपाल घुम्न आएका १५ जनामध्ये मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका छन् ।

रिसोर्टका कोठामा गए राति बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।