अन्नपूर्ण आधार शिविर (एबिसी) जाने पदमार्गमा हिमपहिरो आएपछि त्यहाँ जान शुक्रबारबाट रोक लगाइएको छ । त्यहाँको मौसम सामान्य नभएसम्मका लागि सो क्षेत्रमा जान रोक लगाइएको हो ।
शुक्रबार आएको हिमपहिरोमा हराएका ४ कोरियाली, एक नेपाली अझै सम्पर्कविहीन छन् । उनीहरुको शनिबार खोजी भए पनि पनि मौसमले साथ नदिएपछि खोजी स्थगित गरिएको थियो । कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले शनिबार मौसमका कारण खोजी गर्न समस्या भएको जानकारी दिँदै आइतबार फेरि खोजी थालिने बताए ।
काठमाडौंको ट्रिप नेपाल माउन्टेन गाइड नामक कम्पनीबाट गएका कोरियाली पर्यटक ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सुक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन, चिनिया नागरिक झाङ यिङ र नेपाली नागरिक सरोज परियार हराइरहेका छन् ।
चिनिया नागरिक जोङ योङजी र जगदीश खत्री हिउँ पहिरोमा परी घाइते भएका छन् । अन्य केही मानिस पनि हिउँ पहिरोमा परेको हुनसक्ने शंका गरिएको छ ।
९ दिनमा फर्कने योजना बनाएर हिडेको टोलीका केही सदस्य सम्पर्क विहीन भएका हुन् । सरोजको घर चितवन हो । उनी कोनाको ट्रेकिङ एजेन्सीमा कार्यरत छन् । म्याग्दी बेनीका जगदीश खत्री सामान्य घाइते आवस्था फेल परेका छन् । शनिबार पनि हिउँ घटनास्थल नजिकै हिमपहिरो खसेको छ ।
एबिसी जाने बाटोमा ४ फिटभन्दा बाक्लो हिउँ जमेको एबिसीको बाटोमा अलपत्र परेका टेक तामाङले बताए । जानकारी दिए । साँझसम्म एबिसीमा अलपत्र परेकालाई उद्धार गरिसकिएको प्रहरीले जनाएको छ ।
छोम्रोङभन्दा माथिका होटलमा रहेका १ हजारभन्दा बढी पर्यटक र स्थानीयलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा उद्धार टोली अझै पुग्न नसकेको छैन ।






