कांग्रेस वरिष्ठ नेता पौडेल बिरामी, उपचारका लागि आजै भारत जाने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत जाने भएका छन् । उनी केही दिनदेखि अस्वस्थ भएको बताइएको छ । तर उनलाई के भएको हो भन्ने विषय खुलाइएको छैन ।

स्वास्थ्य उपचारका लागि उनी आजै भारत जान लागेको बताइएको छ । नेता पौडेलले आइतबार सभापति शेरबहादुर देउवासंगको भेटमा पनि उपचार गराउन भारत जान लागेको बताएका थिए ।

एक कुराकानीमा नेता पौडेलले भने, ‘भारतको एम्स अस्पतालमा उपचारका लागि जाँदैछु ।’
आफूले उपचारका क्रममा भारतमा ३ दिन बिताउने उनको भनाइ छ । ‘केही भएको छ कि भनेर जाँच गर्नका लागि जान लागेको हो’, उनले भने ।