फेरि गयो भूकम्प

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरा केन्द्र बनाएर भूकम्प गएको छ । 

आइतबार राति ८:१९ बजे ४ दशमलव ५ म्याग्‍निच्‍युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्पबाट अहिलेसम्म क्षतिको कुनै विवरणहरु प्राप्त भएका छन् । यसअघि पोखरामा ३ दशमलव ८ म्याग्‍निच्युडको भूकम्प गएको थियो । 

विस २०७२ को महाभूकम्पपछि सानाठूला पराकम्पहरु जाने क्रम जारी छ । केही दिन अघिमात्र कास्कीको घाचोक केन्द्र बनाएर भूकम्प गएको थियो ।

भिडियो पनि हेर्नुहोस्