पोखराको मौषम झनै डरलाग्दो, सतर्क रहन आग्रह

पोखराको मौषम निकै विग्रिएको छ । ३ दिनदेखि बिग्रिएको मौषममा अझै सुधार आउन सकेको छैन ।

आज बिहीबार बिहान १० बजे पोखरा अन्धकारमय भएको छ । आकाशमा बादल डम्म देखिन्छ । पानी चुहिएला जस्तो भएको छ ।

पोखरामा बिहानैदेखि घरी झलमल्ल घाम लग्ने, घरी अँध्यारो हुनेक्रम जारी छ । मौषममा सुधार नभएकै कारण पोखरामा कडा चिसो समेत भएको छ ।

आज मुलुकभर पानी पर्ने सम्भावना रहेको मौषम विभागले जनाएको छ । मुलुकका हिमाली भेगमा हिमपात हुन सक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ ।