पौडेलको भेलामा सहभागी जिल्ला सभापतिहरूलाई देउवाको पार्टी !

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको भेलामा सहभागी जिल्ला सभापतिहरूलाई पार्टी सभापति शेरबहादुर देउवाले लन्च पार्टी दिने भएका छन् ।

कास्की कांग्रेसका जिल्ला सभापति कृष्ण केसीका अनुसार सभापति देउवाले बिहीबार बिहान १० बजे बूढानिलकण्ठमा जिल्ला सभापतिहरूलाई ’लन्च पार्टी’ का लागि बोलाएका हुन् । यसबारेको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने छ ।

पौडेलको जिल्ला सभापति भेलालाई देउवाको 'लन्‍च पार्टी'

सोमबारबाट सुरु भएको जिल्ला सभापति भेला बुधबार सकिएको छ । काभ्रे सभापति मधु आचार्यले भने, ‘३ दिन चलेको बैठक सकिएको छ । सभापतिज्यूहरूले आआफ्नो सुझाव लिखितरुपमा सभापतिज्यू र वरिष्ठ नेतालगायतलाई बुझाउने छन् ।’ भेलामा ४३ जिल्लामा सभापतिहरुको उपस्थिति थियो ।