लाख दिएर करोड असुल्ने राजपा केन्द्रीय सदस्य पक्राउ

चर्को ब्याज लिने र ऋण दिएको रकमभन्दा तीन गुणाबढीको तमसुक बनाएको आरोपमा सर्लाहीका रामबाबु राय यादव पक्राउ परेका छन्।

बुधबार दिउँसो साढे १२ बजे यादवलाई मिटरब्याजमा ऋण दिई ठगी गरेको र उनले बन्धकी राख्नेको जग्गा रजिष्ट्रेसन नै पास गरेर लिने गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले हरिपुर नगरपालिकाबाट पक्राउ गरेको हो।

करिब सय जना पीडितले न्याय माग्दै मंगलबार नेकपाका शीर्ष नेता, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई भेटेर गुनासो गरेका थिए।

राष्ट्रिय जनता पार्टी ९राजपा०का केन्द्रीय सदस्य समेत रहेका यादवको मिटरब्याज ऋणबाट सर्लाही आसपासमा करिब १५ सयजना पीडित छन्।