पोखराको मौषम आज पनि खुल्ने संकेत छैन । बिहानको ९ बज्दा समेत पोखरा अँध्यारो अवस्थामै छ ।
हिजो मंगलबार दिउसोमात्र खुलेको पोखराको मौषम आज झनै विग्रिएको छ । पोखरामा बाक्लो हुस्सु लागेको छ ।
मौषमविद्का अनुसार आज साँझसम्ममा पानी पर्ने सम्भावना छ । मुलुकका अन्य केही स्थानमा भने पानी परेको मौषम विभागले जनाएको छ ।






