होमवर्क नगरेको भन्दै रूपन्देहीमा एक विद्यार्थी शिक्षकबाट निर्घात कुटिएका छन् ।
जिल्लाको सम्मरीमाई गाउँपालिका–६ मा रहेको ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत १० बर्षीय तौफिक धुनियालाई शिक्षक शैलेन्द्र बरईले कुटपिट गरेका हुन् ।
शिक्षकको कुटाइबाट विद्यार्थीको बाँया आँखामा गम्भीर चोट लागेको छ । स्थानीय अस्पतालमा विद्यार्थीको उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ ।
ज्ञानदीप बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्र बरईले विद्यार्थीमाथि कुटपिट नभइ शिक्षकका कुरा नटेर्ने विद्यार्थीलाई सामान्य रुपमा तर्साइको बताउदै आएका छन् ।
तौफिकको परिवारले भने छोरा कुटिएपछि संलग्नमाथि कारबाही माग गर्दै इलाका प्रहरी कार्यालय मर्चवारमा पुगे पनि दर्ता नभएको गुनासो पोखेका छन् ।




