रत्न मन्दिर चाडै खुल्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रत्न मन्दिर सर्वसाधारणका लागि छिट्टै खुला हुने बताएका छन् ।

अन्नपूर्ण गाउँपालिकाले राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले रत्न मन्दिर सर्वसाधारणका लागि खुला केही समयभित्रै हुने बताएका हुन्। सर्वसाधारणलाई प्रवेश शुल्कसहित रत्न मन्दिरको अवलोकन गराउने तयारी छ।

रत्न मन्दिर खुलाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटन मन्त्री योगेश भट्टराईसँग छलफल गरेको उनले सुनाए ।

पूर्वराजा वीरेन्द्रको निधनपछि उनको नाममा रहेका भौतिक सम्पति नेपाल ट्रस्टको नाममा ल्याइएको छ। पूर्वराजपरिवारका सदस्य पोखरा गएको समय रत्न मन्दिरमा बस्ने गर्थे ।